चार दिनमा ९ उद्धार उडान गर्दै हिमालय एयरलाइन्स, कहाँबाट कहिले उडान ?

  • ६ असार २०७७, शनिबार ०१:१५ मा प्रकाशित
  • पूरा विवरण लिस्ट सहित

    काठमाडौं ।  कोभिड-१९ महामारीका कारण विश्वका विभिन्न देशमा अलपत्र परेको नेपालीलाई ल्याउन हिमालय एयरलाइन्सले आगामी ४ दिनमा ९ गन्तव्यमा उडान गर्दै छ । 

    कम्पनीले जुन २१ तारिखमा मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामावाद, जुन २२ मा माल्दिभ्सको माले र कतारको दोहा, जुन २३ मा यूएईको आबुधावी, साउदी अरेबियाको दमाम, र कुबेतबाट नेपाली ल्याउने जनाएको छ । यस्तै जुन २४ मा यूएईको आबुधावी र कतारको दोहाबाट नेपाली ल्याउने छ । 

    हिमालय एयरलाइन्सले क्वालालम्पुरको भाडा ३ सय ७२ डलर, इस्लामाबादको ३ सय ५० डलर, मालेको ४ सय ८० डलर र दोहाको ३ सय ९२ डलर तोेकेको जनाएको छ । यसैगरी अबुधाबीको ३ सय ८५ डलर, दमामको ४ सय ६५ डलर र कुबेतको ४ सय १० डलर भाडादर तोकेको कम्पनीले जनाएको छ ।

    कम्पनीले ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर उडान हुने पनि जनाएको छ । विभिन्न देशका लागि सेल्स एजेन्ट तोक्दै कम्पनीले टिकट काट्दा अनिवार्य पीसीआर वा आरडीटी परिक्षण नेगेटिभ रहेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने पनि जनाएको छ । यो समाचार आजको बाह्रखरी.कमले छापेको छ ।

     

    Leave a Reply