
बिरगंज
लकडाउनको बेला सामाजीक दुरि कायम गरि बिरगंजका सक्रिय युवाहरु सघिय र प्रदेश सरकारको विरुद्ध शान्तीपुर्ण रुपमा बिरोध प्रदर्शन गरेका थिए ।
सघिय , प्रदेश तथा स्थानीय जो होस असक्षम छ भने असक्षम नै हो बिरोध गर्नु जायज हो भन्दै बिरगंजका युवाहरुले बिहिवार बिरगंजमा छुट्टाछुट्टै दुई ठाउमा सघिय र प्रदेश सरकारको बिरोध गरेका थिए । बिरगंजको घन्टाघरमा एक युवा समुहले प्रदेश सरकार विरुद्ध प्रदर्सन गर्दै नालायक मुख्यमन्त्री जनतालाई चाहिदैन , ज्यानमारा प्रदेश सरकार हामिलाई चाहिदैन , प्रदेशका सम्पुर्ण जनता एक हुनु जरुरी छ , प्रदेश सरकार एउटा पिसिआर मेसिन सन्चालन गर्न सक्दैन , एउटा प्रादेशिक कोभिड अस्पताल सन्चालन गर्न सक्दैन , त्यस्ता मुख्यमन्त्री – त्यस्ता सरकार हामिलाई चाहिदैन भन्दै प्रदेश सरकार विरुद्ध युवाहरुले नारा लगाएर बिरोध प्रदर्सन गरेर सुतेको सरकारलाई जगाउने कार्य गरेको बिरगंजका युवा हेमन्त तामाङले पर्सा पोस्टलाई बताए।

त्यसै गरि अर्को युवा समुहले सघिय सरकारको बिरोध कार्यक्रम बिरगंजको घन्टाघरमा गर्ने भनिएता पनि प्रशासनले थाहापाई बाधाअवरोध गरेपछि सो कार्यक्रम आदर्शनगर चोकमा प्रदर्सन गरिएको थियो ।
सघिय सरकारको नेपाल भरी जारी बिरोध कार्यक्रम अनुसार बिरगंजका कृयाशिल युवाहरुले प्लेकार्ड बोकि आदर्शनगरमा शान्तीपुर्ण रुपले सघिय सरकारको विरुद्ध प्रदर्सन गरिएको थियो । सो प्रदर्शनमा आत्महत्या दर हेर सरकार – प्रतिरोधात्मक क्षमता होईन , नो पिसिआर – नुन तेल बेसार कोरोनाको उपचार , प्रहरी हाम्रो साथी – साथीलाई कुटन पाईदैन , नालायक सरकार मुर्दावाद – सरकार १० अर्ब खोई , जोकर के भोट दियाई त कमेडी होखबे करि लगायतको नारा लेखिएको प्लेकार्ड बोकि युवाहरु शान्तिपुर्ण रुपमा प्रदर्सनमा उत्रिएको थियो ।


