६७ वटा चार्टर विमानबाट आउँदैछन् नेपाली, १५ जुन देखि उद्दार उडान सुरु हुने।

  • ३० जेष्ठ २०७७, शुक्रबार ०२:५४ मा प्रकाशित
  • काठमाडौं, २९ जेठ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न ६७ वटा चार्टर उडानलाइ अनुमति दिएको छ ।

    चार्टर उडानको लागि नेपाल वायुसेवा निगमले २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीले २४ वटा उडानको अनुमति पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    यि एयरलाइन्सले जुन १५ देखि उद्दारको लागि उडान सुरु गर्नेछन । सरकारबाट चार्टर उडान अनुमति पाएका एयरलाइन्सहरुले जुन १५ देखि जुन २५ सम्म करिब १२ हजार नेपालीलाई स्वदेश ल्याउनेछन ।

    विदेशबाट नेपाल फर्किने नेपालीले पीसीआर वा आरडीटी रिपोर्ट नेगेटिभको प्रमाण पत्र पेश गर्नुपर्ने छ । चार्टर उडानमा कतिपय श्रम मुलुकमा रहेका नेपालीलाई त्यहाँको सरकार तथा कम्पनीले आफ्नो खर्चमा पठाउँदैछन् भने अधिकाशंले टिकट खर्च आफै बेहोर्नुपर्ने छ ।

    कुन देशबाट कहिले आउँदैछन नेपाली ?

    • जुन १५ : माल्दिभ्स, मलेसिया, सिंगापुर र साउदी अरब,
    • जुन १६ : युएई, कतार, कुवेत, श्रीलंका र माल्दिभ्स,
    • जुन १७ : अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र अमेरिका,
    • जुन १८ : साउदी अरब, युएइ, मलेसिया र ओमान,
    • जुन १९ : जापान, कुवेत, साउदी अरब र नाइजेरिया,
    • जुन २० : साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपियन युनियनका देश,
    • जुन २१ : दक्षिण कोरिया, ओमान, कुवेत, मलेसिया,
    • जुन २२ : अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार,
    • जुन २३ : जापान, माल्दिभस, युएइ र युगान्डा,
    • जुन २४ : साउदी अरब र कुवेत जुन २५ जापान, साइप्रस र इजरायल,

    यी उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । नेपाल आइसकेपछि सरकारले बनाएको क्वारेन्टाइन मापदण्ड अनिवार्य रुपमा पालना गर्नुुपर्ने छ ।

    क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ । न्युज 24नेपाल.कम ।

    Leave a Reply