साउदीमा अप्ठ्यारोमा परेका ३४१ जना नेपालीलाई एनआरएनए साउदी द्वारा राहत वितरण:

  • ३२ जेष्ठ २०७७, आईतवार २०:२२ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा पर्दै जाने नेपाली श्रमिकहरूको संख्या बढ्दै जाने क्रम दिन प्रतिदिन बढ्दो छ।यसै क्रममा आज १२ जुन २०२० सम्ममा साउदि अरबमा संक्रमित संख्या १,१९,९४२ पुगेको र मृत्‍यु हुनेको संख्या ८९३ पुगेको छ भने हाल सम्म ८१,०२९ जना कोरोना बाट मुक्त भएर घर फर्केका छन्। संक्रमित हुने नेपालीहरुको बिगत २ साताको संख्या १३६४ यथावत रहेको जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको थियो। संक्रमित तथा मृत्‍यु हुने नेपालीहरुको संख्या बढेको हुन सक्ने बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत खबरहरु आएता पनि हाल सम्म आधिकारीक निकाय बाट थप पुस्टि भएको छैन।

    यो साता थप २९ जना समस्यामा परेका नेपाली श्रमिकहरूलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म एनआरएनए साउदी अरब समक्ष आएका ३४१ जना नेपालीहरूको लागी यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य पहल गर्दै तत्कालका लागि १४ हजार ५ सय ५२ साउदी रियाल बराबरको खाद्यान्न बितरण गरिएको छ। साथै ३५० भन्दा बढी संख्यामा आएका श्रमिक समस्याका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान तथा कानुनी उपचारका साथै स्वदेश फिर्ताको प्रकृयामा रहेका छन्। भने यस महामारीले उत्पन्न विषम परिस्थितिमा अप्ठ्यारोमा परेका श्रमिकहरूको जिवन रक्षार्थ गरिरहेको उद्धार तथा राहत वितरण कार्यमा एनआरएनए साउदी संग नेपाली हातेमालो समाज साउदी अरब र मोरङ सुनसरी सेवा समाजले पनि संयुक्त सहकार्य गर्दै आएको छ।

    यतिवेला उक्त एनआरएनए साउदी तथा सहकार्य गर्दै आएका सामाजिक अभियान्त तथा एनआरएनए कर्मीहरूको चासोको बिषय चाहीँ यथासक्य छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाउनु पर्ने माग रहेको छ । स्वदेश फर्काउने सरकारको तयारी रहेको भए तापनि सरकारले तोकेको हवाइ भाडा दर निक्कै महंगो रहेको कारण दैनिक छाक टार्न समेत कठिन भएका नेपालीहरुले सामान्य अबस्था भन्दा करिब तिन गुणा बढी रकम जुटाउन नसक्ने तथा नेपालमा गएर आफ्नै खर्चमा ब्यक्ती स्वयंले क्वेरन्टाइन खर्च ब्यहोर्न नसक्ने भएकोले सरकारले त्यस किसिमका वास्तविक पीडितको पहिचान गरी बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएर खान नपाएका हरुलाई स्वदेश फर्काउनु पर्ने, नेपालमा पुर्याएर स्वास्थ्य सेवा, रोजगारिको ब्यबस्था, कोरोना टेस्ट तथा क्वेरन्टाइन सेवा उपलब्ध सरकारले गर्नु पर्ने धारणा उक्त उद्धार तथा राहत वितरण कमिटीको रहेको छ ।

    एनआरएनए साउदीले सातौँ हप्ताको आफ्नो गतिविधीहरू सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष तेज थापाले गैर आवासिय नेपाली संघ साउदी अरबले यस बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै संयुक्त रूपमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउँदै मध्यस्थ कर्ताको रूपमा राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै आएको जानकारी गराउनु भएको छ । अध्यक्ष थापाले भन्नुभयो: “साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको सातौं हप्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जाहेर गर्दछौँ।”

    Leave a Reply