राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान २ दिन बन्द रहने, आकस्मिक लगायत सबै सेवा ठप्प

  • ५ असार २०७७, शुक्रबार २०:२६ मा प्रकाशित
  • बसन्त अनुभव

    घोराही, ५ असार २०७७
    दाङ जिल्लाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान २ दिन बन्द रहने भएको छ । प्रतिष्ठानले शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

    प्रतिष्ठानमा कार्यरत ४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै प्रतिष्ठानले पुरै अस्पताल परिसर स्टेरिलाइज गर्नु पर्ने कारण देखाउदै २ दिन सम्मका लागि आकस्मिक लगायत सम्पुर्ण सेवा बन्द रहने जानकारी दिएको छ ।

    प्रतिष्ठानका का.मु.रजिस्ट्रार कैलाश प्रसाद देवद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा भनिएको छ “यस राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाव परिक्षण गर्दा कोभिड १९ को संक्रमण पुष्टि भएको हुनाले अस्पताल परिसर स्टेरिलाइज गर्नु पर्ने भएकोले २ दिनका लागि आकस्मिक लगायत सवै सेवा बन्द रहने व्यहोरा जानकारी गराउदछौ ।”

    विज्ञप्तिमा अगाडि भनिएको छ “यसबाट विरामी तथा सर्वसाधारणलाई पर्न जाने असुविधा प्रती प्रतिष्ठान क्षमाप्रार्थी छ ।” साथै अन्य सरकारी तथा निजि अस्पताललाई प्रतिष्ठानबाट रिफर विरामीहरुलाई विशेष सुविधा दिई सेवा प्रवाह गर्न अनुरोध गरिएको छ ।

    साथै प्रतिष्ठानले संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी सम्पर्कमा रहेको र निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा जनाएको छ ।

    Leave a Reply