
बीरगंज पर्सा
हलुवाई समाज नेपालले विधिवत रुपमा व्यवसाय संचालन गर्न सोमबार सरकार संग जोरदार माग गरको छ ।
कोभिड-१९ को प्रकोपको न्यूनीकरण गर्नको लागि जारी गरिएको लकडाउनमा व्यवसायी मर्कामा परेको र उचित मापदण्ड,सामाजिक दुरि कायम गरि तथा पसलमा नखुवाईने मात्रै पैकिङ गरि बेच्न पाउनुपर्ने गरि सहज रुपमा व्यापार गर्न पाउनको लागि हलुवाई समाजका केन्द्रीय सदस्य अरबिन्द मोदनवालले माग गरेका छन् ।
मिठाई व्यवसायीले बैंकको ऋण, ब्याज, कर्मचारी तलब, घरभाडा लगायतका नियमित खर्च जुटाउन नसकेको भन्दै पुर्नविचार गर्न समेत आग्रह गरेका छन् ।

