भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यू

  • ७ असार २०७७, आईतवार २१:१४ मा प्रकाशित
  • धादिङ, ७ असार । भारतबाट ८ दिनअघि नेपाल फर्किएका एक पुरुषको होम क्वारेन्टाइनमा मृत्यू भएको छ । ज्वालामुखी गाउँपालिका-६ को हुलाकभञ्ज्याङका अन्दाजी ५० वर्षीय एक पुरुषको होम क्वारेन्टाइनमै मृत्यू भएको छ ।

    मिगौला रोगबाट पीडित उनीसँगै उनका भाइ पनि नेपाल आएका थिए । भाइलाई सुनखानी माविको क्वारेन्टाइनमा राखिए पनि उनलाई भने मिर्गौला रोगका कारण घरमै राखिएको थियो ।

    ८ दिनअघि भारतबाट आएका बिरामीको पनि अहिलेसम्म कोरोना परीक्षण नभएको एक स्थानीयले जानकारी दिए । आइतबार दिउँसो ४ बजे मृत्यू भएका उनको सुरुमा स्थानीय तहका पदाधिकारी समेतले स्वाब परीक्षण बिनै शव परीक्षण गर्ने तयारी गरेका थिए ।

    तर, स्थानीयको विरोधपछि अहिले गाउँपालिकाले स्वाब परीक्षणका लागि किट लिन सदरमुकाम धादिङबेसी पठाएको छ ।

    ‘उहाँको मिर्गौलाको समस्या थियो, नियमित डाइलासिस गर्नुपर्ने अवस्था थियो, कोरोनाका कारण भारतबाट फर्काइयो,’ एक स्थानीयले भने, ‘८ दिनसम्म कुनै परीक्षण गरिएन, अहिले मरेपछि पनि परीक्षण नगर्ने गरी स्थानीय सरकारले तयारी गरेको देख्दा हामी अचम्भित छौं । आजको साझापोस्टमा छापिएको छ।

    Leave a Reply