बह्राईन बाट १५१ जना नेपाली संगै ३ जनाको शव स्वदेश फर्किए:

  • ८ असार २०७७, सोमबार १९:३३ मा प्रकाशित
  • शुक्र मोक्तान

    तस्विर स्रोत: नेपाली नियोग मनामा बह्राईन

    बह्राईन मनामा | बह्राईनमा कोरोना प्रकोपको कारण रोजगारी गुमाएका र अध्ययनरत क्षिक्षालय बन्द हुँदा अन्तर्राष्ट्रिय सबै उडान बन्दका कारण नेपाल फर्किन नपाएका मध्ये बह्राईन सरकार द्वारा आममाफी दिएका १७ जना सहित १ सय ५१ जना नेपाली नागरिक नेवानिको चार्टर विमान बाट २२ जुन २०२० का दिन नेपाल फर्किएका छन्। उक्त विमानमा नेपाल फर्किएका यात्रु संगै विभिन्न कारणले बह्राईनमा मृत्यु भएको ७ नेपाली श्रमिक मध्ये ३ जनाको शव पनि नेपाली दुताबास मनामाले नेपाल पठाएको छ।

    वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अन्त्येष्टिको अनुमति पाएका ३ वटा शव बह्राईनमा रहेको थियो भने दुताबासले उक्त ३ वटै शव नेवानिको पहिलो उडानमै नेपाल पाठाएको छ।
    एनआरएनए एनसिसी बह्राईनका अनुसार बह्राईनमा विभिन्न कारणले मृत्यु भएका ७ जना मध्ये ३ वटा बह्राईनमा नै अन्त्येष्टि गर्न अनुमती प्राप्त भएको र ३ वटा नेपाल पुगेको छ भने कागजी काम पुरा गरी नेपाल पठाउनु पर्ने एक जनाको शव मात्र बह्राईनमा रहेको छ ।

    तस्विर स्रोत: नेपाली नियोग मनामा बह्राईन

    “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार तयार गरिएको प्राथमिकताको आधारमा आधारित पहिलो चरणमा नेपाल फर्किनै पर्नेमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो चरणको सहजिकरणको उडान बाट नेपाल फर्किनु पर्ने नेपाली नागरिकहरू बह्राईनमा ३ सय ७२ जना रहेको तथ्यांक सार्वजनिक भएको थियो भने नेपाली दुताबास मनामाले पहिलो सुचनामा २ सय ५६ जना र दोस्रो सुचनामा पहिलो सुचनालाई पनि समेट्दै २ सय ९१ जनाको नामावली सार्वजनिक गरिसकेको छ। नेवानिले बाँकी यात्रुको निमित्त बह्राईनको लागी अर्को उडान यही २५ जुनमा गर्ने बताईएको छ।

    तस्विर स्रोत: नेपाली नियोग मनामा बह्राईन
    तस्विर स्रोत: नेपाली नियोग मनामा बह्राईन

    Leave a Reply