पाेखरिया नपा मा ५ स्वास्थ्यकर्मीसहित पर्साका थप १७ जनामा काेराेना संक्रमण फेला

  • ३२ जेष्ठ २०७७, आईतवार १६:५२ मा प्रकाशित
  • वीरगंज । पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा ३ महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले जानकारी दिए।

    पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको क्वारेन्टाइनका २ जना, जिराभवानी/धोबनी गाउँपालिकाका एक/एक जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाका २ जनामा संक्रमण फेला परेकाे मेसु डा उपाध्यायले वताए ।

    संक्रमित पोखरीया नगरपालिकाका २५, २२, ३५, ४५, ३०, २९ र ३६ बर्षिय पुरुष, ३६ बर्षिय महिला, बहुदरमाई नगरपालिकाका २४ वर्षिय पुरुष, सखुवा प्रसौनी गाउँपालिका ३ का ४० वर्षिय पुरुष, बिन्दवासिनी गाउँपालिका–३ का २६ वर्षिय पुरुष, जिराभवानी गाउँपालिकाकाे शान्ति टाेलका ३२ वर्षिय पुरुष, धोबिनी गाउँपालिकाका २७ वर्षेिय पुरुष, पटेर्वा सुगाैली गाउँपालिका १ लक्ष्मीपुरका ३७ वर्षिय र सोही पालिका वडा नं ५ निचुटाका २० वर्षिय पुरूष, वीरगजकी ३२ वर्षीय महिला र पर्सागढी नगरपालिका ४ की ३१ वर्षिया महिला छन् । याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या ए सय ४१ पुगेको छ ।

    पोखरीया नगरपालिकाका ५ जना स्वास्थ्यकर्मी, एक जना एम्बुलेन्स चालक र नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका ४ जनामा संक्रमण फेला परेकाे उप-मेयर सलमा खातुनले जानकारी दिइन्।

    संक्रमित सबैलाई नारायणी अस्थाई काेराेना अस्पताल गण्डककाे आइशाेलेसनमा राख्ने तयारी भइरहेकाे छ ।

    Leave a Reply