सुशिल सुबेदि , सिन्धुपाल्चोक
पाँचपोखरी थाङपाल गाउँपालिका प्रवेशद्वार निर्माणकार्य सम्पन्न भएको छ।पाँचपोखरी थाङ्पाल गाउपालिकामा पर्यटन प्रवर्द्धनका निम्ति गाउँपालिका भित्र रहेको विभिन्न कला सस्कृती र मौलिकतालाइ झल्काउने गरि प्रवेशद्वार निर्माण गरिएको हो ।
जनप्रतिनिधिहरुको सेवासुविधा कटौती गरि वडा अध्यक्षहरुकै पहलमा निर्माण गरेको यो प्रवेश द्वार यति छोटो समय अनि कम लागतमा निर्माण सम्पन्न हुनु खुसीको कुरा भएको पाँचपोखरी थाङ्पाल गाउपालिका पर्यटन प्रबर्दन समितिका अध्यक्ष सुबास तामाङ ले बताउनु भयो।
थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामा , उपाध्यक्ष सुनिता अधिकारि एवम वडाअध्यक्ष , कार्यपालिका सदस्यहरु तथा कर्मचारी साथिहरुको अमूल्य योगदानको कारण पनि प्रवेश द्वार निर्माण कार्य सहज बनेको अध्यक्ष तामाङले जानकारी गराउनुभयो ।
अबको ३ महिना भित्र सोही स्थानमा पर्यटन सुचना केन्द्र निर्माण समेत हुने उहाँले बताउनुभयो। विश्वको ९ औ अग्लो स्थानमा रहेको ताल पाँचपोखरी लगायत गाउँपालिका भित्र रहेको विभिन्न पर्यट्किय स्थलहरुको जानकारी सोही सुचना केन्द्र बाट सम्प्रेषण गरिनेछ।

