पंखा जोड़ने क्रममा करेन्ट लागेर मृत्यू

  • २८ जेष्ठ २०७७, बुधबार १४:३४ मा प्रकाशित
  • वीरगंज ।

    पर्सामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेल छन् ।

    सोमबार राति गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

    शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ ।

    Leave a Reply