निःशुल्क उद्धारको कार्यविधि बन्यो, सोमबारको मन्त्रिपरिषदको बैठकले पास गर्ने

  • १४ असार २०७७, आईतवार २०:०७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रभावले समस्यामा परेका नेपालीहरुलाई निःशुल्क उद्धारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले कार्यविधि स्वीकृतिका लागि आइतबार नै मन्त्रिपरिषदमा पठाएको जानकारी दिए ।

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीहरुलाई पहिलो चरणमा उद्धार गर्ने सरकारले निर्णय गरे पनि हवाई भाडा स्वयंमले तिर्नुपर्ने प्रावधान बनाएको थियो । अलपत्र श्रमिकलाई चर्को शुल्कमा सरकारले उद्धार गर्न लागेको भन्दै चौतर्फि विरोध भएपछि सर्वोच्च अदालतले सरकारको नाममा श्रमिक कल्याणकारी कोषको रकमबाट निःशुल्क उद्धारको लागि आदेश दिएको थियो ।

    सर्वोच्चको आदेश लगत्तै मन्त्रालयले वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा आवश्यक कार्यविधि बनाएको हो । कार्यविधि सोमबारको मन्त्रिपरिषदको वैठकले पास गरेमा समस्यामा परेका

    श्रमिकहरु निःशुल्क नेपाल आउन पाउने छन् । तर, निःशुल्क उद्धारमा पर्नेहरुमा श्रम स्वीकृती लिएर गएका र फिर्ती टिकट कम्पनीले नदिएकाहरु मात्र पर्ने छन् । श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत विभिन्न दूतावासबाट त्यस्ता श्रमिकहरुको तथ्यांक निकाल्ने छ । आजको क्यापिटलनेपाल.कम मा छापिएको छ।

    Leave a Reply