संवाददाता

साउदी अरब |रियाद स्थित नेपाली दुताबास रियादले नेपाल सरकारको सहजिकरणमा हुँदै आएको चार्टर्ड उडान बाट नेपाल जानै पर्ने नेपाली यात्रुहरूको नामावली सार्वजनिक गरेको छ। दुताबासले नेपाल सरकारले तय गरिएको प्राथमिकताका आधारमा आधारित नेपाल फर्कनै पर्ने अवस्थामा रहेको ५७० जना नेपालीहरूको नामावली सार्वजनिक गरेको छ।
दुताबासले जारी गरेको सुचना र नामावलीको पूर्ण पाठ:
हिमालय एयरलाइन्सको साउदी अरबको दमामबाट यही मिति २६ र २७ जुन २०२० मा दमामबाट काठमाडौँ उडान हुने भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासद्वारा तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।
हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७४४.००)
हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।
COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Dammam
Health Care Polyclinic (CR No. 2050110244)
सेको गार्डेन संगै
Jubail
Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Address: King Abdulaziz Road,
- • यस अघि मिति २०७७ असार १ र ३ गते हिमालय एयरलाईन्सलाई पठाइएको पहिलो र दोस्रो सूचिमा बाँकी रहेकाहरुले समेत टिकटका लागि एयरलाईन्सको माथिको ठेगानामा सम्पर्क गर्नुहोला ।
- • भिजिट भिषा र Re-Entry भिषाको अवधि सकिएकाले भिषा नवीकरण गर्नुहोला ।
- • यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
- • स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।









