‘ट्वाईलेट पेपर’ लुकाएकै कारण आमालाई छोराले पिट्नुसम्म पिटे

  • २१ जेष्ठ २०७७, बुधबार ०२:१६ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले विश्वका विभिन्न ठाउँमा घरेलु हिंसा बढीरहेको छ ।

    परिवारका सदस्यहरु एकैसाथ समय बिताउँछन्, तर त्यसको नतिजा लकडाउनमा आएर भने हिंसामा परिणत हुन थालेको छ ।

    यस्तै एउटा घटना क्यालिफोर्नियमा भएको छ । उक्त घटनाको बारेमा थाहा पाएपछि तपाई पनि हैरान हुनुहुनेछ ।

    त्यहाँ बस्ने एक व्यक्तिले आमाले ट्वाईलेट पेपर लुकाएको आरोप लगाएर आफ्नो आमालाई पिट्नुसम्म पिटे ।

    रिपोर्टका अनुसार पुलिसलाई एक फोन आएपछि उक्त घटना सार्वजनिक भएको हो ।

    उनकी आमाले ट्वाईलेट पेपर छोरोले धेरै प्रयोग गरेको कारणले गर्दा लुकाइदिएको स्विकारेकी छन् ।

    अहिले पुलिसले उनीहरुलाई त्यस्तो नगर्न सल्लाह दिएका छन् ।

    एजेन्सीको सहयोगमा

    Leave a Reply