गण्डकी प्रदेश थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल संक्रमित १९७ पुग्यो

  • ३१ जेष्ठ २०७७, शनिबार ०८:५२ मा प्रकाशित
  • बिश्वमा तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसले गत महिनादेखि नेपालमा पनि द्रुतगतिमा फैलिदै गएको छ । यसै गरि पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    आजसम्म यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    संक्रमित हुनेमा पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी महिला, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका एक पुरुष र
    नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    नयाँ सङ्क्रमित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    अहिलेसम्म गण्डकी प्रदेशका कुल १९७ जना सङ्क्रमितमध्ये ११ जना निको भएका छन् भने १ जनाको ज्यान गएको छ ।

    Leave a Reply