
वीरगञ्ज– मदिरा सेवन गरी क्वारेन्टिनमा पसेर अभद्र व्यवहार गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ बस्ने २८ वर्षका श्रीराम चमार, सोही ठाउँका ३२ वर्षका श्रीराम चमार र २६ वर्षका रामबालक हजरा दुसाद रहेका छन्।
उनीहरु तीनैजना मंगलबार राति साढे ११ बजेको समयमा गाउँपालिकाको वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटामा रहेको क्वारेन्टिनमा मदिरा सेवन गरी छिरेका थिए ।
क्वारेन्टिनमा छिरेर होहल्ला गरेको तथा प्रहरीले रोक्न खोज्दा प्रहरीलाई नै गाली गलौज गर्नुका साथै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
क्वारेन्टिनमा छिरेर होहल्ला गरी गाली गलौज गर्न थालेपछि तीनैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जनाकारी दिइन्।

