कुन देश को उडान कहिले ? सरकारले तोक्यो भाडाका साथमा उडान मिति

  • २९ जेष्ठ २०७७, बिहीबार ००:३२ मा प्रकाशित
  • बिश्वमा फैलिएको महामारी कोरोना कारण बिदेशमा अलपत्र परेका नेपालीहरुलाइ नेपाल सरकारले स्वदेश फर्काउने उडान तालिका तय गरेको छ।

    पहिलो चरणको उद्धार उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ।

    सिसीएमसी स्रोतले दिएको जानकारीअनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ। यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुने छन्।

    मन्त्रालयले उडान तालिका तथा भाडादर बुझाए पनि त्यसमा कति मान्छे ती उडानबाट नेपाल आउँछन् भनेर सिसीएमसीले हिसाब गर्नेछ।

    उद्धार उडानका लागि मन्त्रालयले नेपालबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ। पर्यटन मन्त्रालयले योसँगै केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने निर्णय गरेको छ।

    विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन्।

    यस्तो हुने छ उडान तालिकाः

    सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।

    त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।

    असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ। असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।

    मितिउडान हुने ठाउँ
    जेठ २९कुवेतमा (२ उडान)
    जेठ ३२बंगलादेश
    असार १माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर/कम्बोडिया, ओमन
    असार २दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)/ माल्दिभ्स
    असार ३बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका
    असार ४साउदी(रियाद), दुबइ, मलेसिया, ओमन
    असार ५जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया
    असार ६साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन
    असार ७दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया
    असार ८अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार
    असार ९जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा
    असार १०साउदी अरब, कुवेत
    असार ११संयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल

    भाडादर

    सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ। एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन।

    नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको सरकारले तोकेको भाडादर यस्तो छ:

    उडानका नियमहरू:

    चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ।

    यात्रुको व्यवस्था भने नेपाल सरकारको कुटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।

    नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।

    साभार सेतोपाटी.कम

    Leave a Reply