कर्णालीमा फेरी थपिए ३२ जनामा कोरोना संक्रमित, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

  • १९ जेष्ठ २०७७, सोमबार १३:२७ मा प्रकाशित
  • कर्णाली प्रदेशमा फेरी थप कोरोना नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमित ३२ जनामध्ये दैलेखका १७ जना, सल्यानका १० जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।

    दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका(३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

    थप पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ ।
    कनिका खबरबाट

    Leave a Reply