ओखलढुंगामा संक्रमित भेटिएसँगै ७६ जिल्लामा कोरोना, कुन जिल्लामा कति?

  • ८ असार २०७७, सोमबार २०:२९ मा प्रकाशित
  • काठमाडौं – नेपालमा सोमबार थप एक जिल्लामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७६ पुगेको छ । सोमबार ओखलढुंगामा पहिलो पटक एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म रसुवा जिल्लामा मात्र कोरोना संक्रमित भेटिएको छ ।

    आइतबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

    हालसम्म देशभर १३ जिल्लामा २ सय भन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी रौतहटमा १ हजार १ सय ४६, दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरी ५२७, सुर्खेतमा ३ सय संक्रमित भेटिएका छन्। त्यसैगरी, दाङमा २९६, धनुषामा २७८, रुपन्देहीमा २७०, बाँकेमा ३४४, कैलालीमा २९० र अर्घाखाँची २४९ कोरोना संक्रमित भेटिएका छन्।

    देशभर २५ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३८ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

    कुन जिल्लामा कति संक्रमित भेटिए?
    २ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
    रौतहट – ११४६
    दैलेख – ७२६
    कपिलवस्तु – ७०५
    सर्लाही – ६१४
    महोत्तरी – ५२७
    सुर्खेत – ३००
    दाङ – २९६
    धनुषा – २७८
    रुपन्देही – २७०
    बाँके – ३४४
    कैलाली – २९०
    अर्घाखाँची – २४९
    गुल्मी – २३१

    ५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
    झापा – १८८
    सल्यान – १७१
    पर्सा – १५८
    सप्तरी – १७३
    बर्दिया – १५३
    डडेल्धुरा – २००
    बैतडी – १५४
    मोरङ – १२९
    बारा – १०८
    नवलपरासी पूर्व – १५३
    कञ्चनपुर – ९५
    धादिङ – १०१
    सिरहा – १५५
    स्याङजा – १२०
    बागलुङ – ११७
    अछाम – ७६
    बाजुरा – ७०
    प्युठान – १२४
    सुनसरी – ६४
    पाल्पा – १८३
    डोटी – १४८
    नवलपरासी पश्चिम – ८१
    तनहुँ – ८३
    उदयपुर – ५५

    १ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
    गोरखा – ४७
    चितवन – ४८
    कालिकोट – ४२
    जुम्ला – २६
    सिन्धुपाल्चोक – २८
    रामेछाप – २६
    बझाङ – २२
    कास्की – १६
    मकवानपुर – १४
    दार्चुला – १२
    नुवाकोट – १३
    काठमाडौं – ४१
    जाजरकोट – ९
    सिन्धुली – ८
    धनकुटा – ८
    भक्तपुर – १६
    भोजपुर – ६
    ललितपुर – ६
    म्याग्दी – ८
    ताप्लेजुङ – ४
    रुकुम पूर्व – ३
    तेह्रथुम – ३
    पाँचथर – ३
    दोलखा – २
    संखुवासभा – २
    इलाम – २
    हुम्ला – १
    मुगु – १
    डोल्पा – १
    रुकुम पश्चिम – २
    सोलुखुम्बु – १
    खोटाङ – ४
    मनाङ – १
    लमजुङ – १
    रोल्पा – ४४
    काभ्रेपलाञ्चोक – ६
    मुस्ताङ – १
    ओखलढुंगा – १
    स्वास्थ्यखबर

    Leave a Reply