अग्रंपक्तिमा खटिएर काम गन प्रहरी र एम्बुलेन्स चालकको बिमा गर्ने पूर्वमन्त्रीको बस्नेतको घोषणा

  • २८ जेष्ठ २०७७, बुधबार १६:४० मा प्रकाशित
  • File photo

    पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सन्धुपाल्चोक जिल्लाका एम्बुलेन्स चालक र प्रहरीको कोरोना बिमा गरिदिने घोषणा गर्नु भयको छ् ।बस्नेतले जिल्लामा आफ्नो स्वास्थ्यको ख्याल नगरी महामारीमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स चालक र अग्रंपक्तिमा खटिएर काम गर्ने प्रहरीको कोरोना बिमा गरिदिने घोषणा गरेका हन् । सिन्धुपाल्चोक जिल्ला प्रहरी मातहत अहिले लगभग साढे तीनसय जना कार्यरत रहेका छन ।चालक र प्रहरी दुवै महामारीको समयमा अग्रंपक्तिमा खटिएर काम गरिरहेकाले उनीहरुको उच्च मनोबल बढाउन बिमा गरिदिने बस्नेतले जानकारी दिनु भयो । यसअघि जिल्लामा कार्यरत ६ सय १३ स्वास्थ्यकर्मीको बिमा पूर्वमन्त्री बस्नेतले नै गरिदिएका थिए कोरोनाको कारण संक्रमण भएर मर्ने नेपालकै पहिलो व्यक्ति राम्चेकी सुत्केरी महिलाको नाबालक छोराकोलागि ५० हजार नगद दिएका थिए । साथै उनले उक्त बच्चाको पठनपाठनको जिम्मा पनि लिएका छन् ।

    Leave a Reply