संवाददाता

साउदी अरब |एनआरएनए एनसिसी साउदी अरब, मोर ङ सुनसरी सेवा समाज र नेपाली हातेमालो समाज साउदी अरबले संयुक्त रूपमा सामाजिक संजाल जूम मार्फत १३ जुन २०२० का दिन प्रेस मिटको आयोजना गरी “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार नेपाल सरकारले नेपाली नियोग मार्फत साउदी अरब बाट नेपालको लागी उडान तालिका र टिकेट मुल्य सार्वजनिक गरे पश्चात नेपाल सरकारले निर्धारण गरेको हवाई भाडा दर प्रति साउदी अरबमा रहेका नेपाली श्रमिकहरूमा तिव्र असन्तुष्टि रहेको विषयलाई प्राथमिकतामा राखी संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ।
उक्त प्रेस मिटमा अहिले सम्म कोरोना महामारीका कारण उत्पन्न असहज स्थितिमा अप्ठ्यारोमा परेका र नेपाल फिर्ता जान पर्खिरहेका नेपालीहरुको लागी भएका प्रयास, गतिबिधि र पछिल्लो अवस्थाबारे संघका अध्यक्ष तेज थापाले जानकारी गराउनुभएको थियो।
यसै क्रममा संघका कोषाध्यक्ष सन्तोष लुईँटेलले हालसम्ममा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूलाई मानविय आवश्यक राहत वितरणमा भएको खर्च विवरण, कोषको स्रोत तथा व्यबस्थापन बारे जानकारी गराउनु भएको थियो ।
भने एनआरएनए आईसिसी क्षेत्रिय सहसंयोजक राजेन्द्र अर्यालले समस्यामा परि नेपाल फिर्ता जान पर्खिरहेका नेपाली श्रमिकहरू सके नि:शुल्क नसके कम्सेकम न्युनतम हवाई टिकट शुल्क तिरेर जान पाउन् भन्ने उदेश्यका साथ संस्थात पहलहरू भईरहेको जानकारी गराउनु भएको थियो साथै मोसुसका अध्यक्ष हेम सुवेदी र नेपाली हातेमालो समाजका अध्यक्ष टेक कटुवालले पनि प्रेस मिटमा उठेका जिज्ञासा सम्बोधन साउदी गर्नु भएको थियो ।
संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ:
संयुक्त प्रेस विज्ञप्ति
नेपालको विषम परिस्थितीका कारण र अन्य विभिन्न कारण तथा वाध्यताले वैदेशिक रोजगारीका लागि बिदेशीएका नेपालीहरु वर्तमान कोभिड १९ का कारण आईपरेको विश्वव्यापि संकटका कारण बिदेशमा भएको आफ्नो रोजगारीका अवसरहरु गुमाएर पुन स्वदेश मै फर्कनु पर्ने अबस्था आएको छ । तिन महिना देखिको यो संक्रमणकालिन अवस्था साथै बिना कमाईको बिदेश बसाईले बिहान बेलुकाको खानाको खर्च धान्न समेत मुश्किल भएर यतिखेर हजारौ हजार नेपालीहरु दोहोरो तेहोरो पिडामा बॉंच्न बिवश छन्। ढिलासुस्ती गतिमा काम गर्ने सरकारी निति र कोरोनाको महामारी लाई आफ्नो द्रब्य आर्जन गर्ने अवसरको रुपमा लिने केहि अमुक व्यक्तिहरूको प्रभाबमा सरकार परेर थप आहत बनाएको हामीलाई महशुस भएको छ ।
साउदी अरबमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभाबकीय भुमिका निर्वाह गर्नुपर्ने बेला आफु निटकका ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नुपर्ने वाताबरण बन्नु अत्यन्त दुखदायी बिषय हो। यो कठिन घडिमा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पिडित आफ्ना नागरिकहरुलाई विदेश मै कष्टकर जीवन विताउन बाध्य पार्न खोजेको हामीलाई महशुस भएको छ। विदेशमा कामगर्ने नेपालीहरूले नै पठाएको रेमीट्यान्सको ताकतमा उभीएको वर्तमान सरकारले बिपतको घडिमा यसरी गैर जिम्मेवार बन्नु बिदेशीएका हामी नेपालीहरूका लागी अत्यन्त दःखद कुरा हो ।
नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धारमा गर्ने कुनैपनि बाहनाबाजी हाम्रा निम्ति स्विकार्य छैन। आफ्नै पैसा तिरेर स्वदेश फर्कन चाहने र हवाई खर्च जुटाउन नसक्नेहरुको लागी पनि संगसंगै उद्धार ब्यबस्थापन गर्नुपर्दछ। देशको अर्थतन्त्रको लगभग एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिकहरु कोरोनाको महामारीको कारणले बिपतमा बैदेशिक रोजगारीका लागि लिनु पर्ने श्रम स्विकृति लिने वखत श्रमिकवाट उठाईको कल्याणकारी कोषमा करिब ६ अर्ब भन्दा बढी रुपियॉं थन्किएर बसेको छ। यो विषय परिस्थतिमा त्यो कोषको उपयोग नगरे कहिले गर्नेर ? यो गम्भिर प्रश्न वनेको छ । उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारको लागि प्रयोग गर्नु पर्दछ। हामी यथासक्य चाँडो अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने उचित प्रबन्ध मिलाउन नेपाल सरकार र सरोकारवाला सबैमा यसै संयुक्त बिज्ञप्ति मार्फत जोडदार माग गर्दछौ ।


