
उमेश कुशवाहा,बीरगंज
विश्व बालश्रम विरुद्ध दिवसको अवसर Peace4Dalits Foundation,Nepal र दलित अधिकार समाज,पर्सा नेपालको संयुक्त आयोजना तथा united Religions Initiative /Smile4Millions को आर्थिक सहयोगमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका -५, महुवनमा “दलित समुदाय बालश्रम मुक्त “उदेश्यको साथ दलित बालबालिका संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
यस कार्यक्रममा दलित बालबालिकाको समस्या , दलित बालबालिकाको शिक्षाको अवस्था , पारिवारिक अवस्था , दलित बालबालिका माथि भएको हिंसा , घरेलु काम, अभिभावकले गर्ने व्यवहारबारे जानकारी बालबालिका संग लिई त्यको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको छ।

शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कूल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रुपमै बालबालिकालाई असर पुर्याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ ।
बालश्रमले बालबालिकाको सुनौलो भविष्यकालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ । यश बारे बालबालिकालाई जानकारी दिएको छ।
यस कार्यक्रम बाट दलित समुदायको बालबालिका माथि भैइरहेको बालश्रम अन्त्यको लागि बाल आवाज उठाउने बालबालिका प्रतिबद्ध भएका छ्न।
यस कार्यक्रम दलित बालबालिका संग संस्कृति कार्यक्रममा गीत तथा नृत्य पनि गरिएको छ।

दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउको लागि गरिने गतिविधि , गुणस्तरीय शिक्षा तथा बाल विवाह विरुद्धमा पनि जोड दिएको छ।
यस कार्यक्रम संचालन दलित अधिकार समाज, पर्सा,नेपाल/Peace4Dalits Foundation Nepalको अध्यक्ष मनोज रामले गर्नु भएको छ।
यस कार्यक्रम १०१ दलित युवा नेतृत्वको संयोजक सुरेन्द्र पासवान , सदस्य श्यामकिशोर राम , अशोक राम र रवि कुमार राम लगायतको सहभागिता रहेकोे छ।
३० जना बालबालिकाको सहभागिता रहेकोे थियो।


