बसन्त अनुभव

घोराही, १३ असार / दाङमा थप ३१ जनामा कोरोना संक्रमण भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा RT-PCR विधिबाट गरिएको नमुना परिक्षणमा बबइ गापाका १ जना, बंगलाचुलीका गापाका २ जना र घोराही उमनपाका २८ जना गरी दाङमा थप ३१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
प्रतिष्ठानबाट शनिबार अपरान्ह जारी प्रेस विज्ञप्तिका अनुसार संक्रमित हुनेमा बबइ गापा ३ का २१ वर्षिय पुरूष १ जना रहेका छन । निजको बबइ गापामा नमुना संकलन गरिएकाे थियाे ।
त्यस्तै बंगलाचुलीका गापा वडा नं. ५ का ५२ वर्षका र वडा नं. ६ का ३२ वर्षका गरि पुरूष २ जना संक्रमित भएका छन । निजको बंगलाचुली गापा ५ सुधा मावि झेल्नेटाबाट नमुना संकलन गरिएकाे थियाे ।
त्यस्तै घोराही उपमहानगरपालिकाका ३ जना महिला र २५ जना पुरूष गरि २८ जनामा कोरोना पोजिटिभ देखिएकाे छ । जसमा घोराही उमनपा वडा नं. २ का १८, २१, ४५ र ४६ वर्षका पुरूष ४ जना, वडा नं. ४ का १७, १८, १८, २०, २०, २३, २६, २७, ३२, ३२, ३६, ३६, ३८, ३८, ४०, ४० र ४५ वर्षका पुरूष १७ जना र २८ र ४१ वर्षका महिला २ जना गरि १९ जना, वडा नं. ९ का २२, ३६ र ३९ वर्षका पुरूष ३ जना, वडा नं. १४ का ४३ वर्षकी महिला १ जना, वडा नं. १७ का २० वर्षका पुरूष १ जना रहेका छन । निजहरूकाे घोराही उमनपा १० को आइसोलेसन, घोराही उमनपा हर्नोक र घोराही उमनपा ९ बाट नमुना संकलन गरिएको थियो ।
त्यस्तै प्रतिष्ठानबाट जारी विज्ञप्ति अनुसार प्रतिष्ठानमा गरिएको परिक्षणमा रोल्पा रून्टिगढी गापा २ की ४८ वर्षिय महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै कपिलबस्तु विजयनगर निवासी ५ जना पुरूष र २ जना महिलामा पनि कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएकाे छ ।
प्रतिष्ठानमा आज १९० वटा नमुना RT-PCR विधिबाट परिक्षण गरिएकोमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको र १५१ जनाको नेगेटिभ देखिएको छ ।



