बंगलाचुलीको सातौ गाउँसभा सम्पन्न, सभाद्वारा आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम पारित र कार्यक्रममा ५१ करोड ६३ लाख बजेट पेश

  • १० असार २०७७, बुधबार २२:४१ मा प्रकाशित
  • कमिरेचौर, १० असार
    दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाले बुधबार आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम पारित गर्दै सातौ गाउँ सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बंगलाचुली गाउँपालिकाले आगामी आ.व.का लागि ५१ करोड ६३ लाखको बजेट पेश गरेको गरेको छ । गा.पा.ले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमीकता दिएर बजेट विनियोजन गरेको छ।

    गाउँपालिकाले यस वर्ष पुँजिगत तर्फ २२ करोड ४६ लाख (४४ प्रतिशत) र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा रकम ५ करोड २० लाख सहित २८ करोड ९९ लाख (५६ प्रतिशत) गरी कुल जम्मा ५१ करोड ६३ लाखको बजेट पेश गरेको हो ।

    बचौ र बचाऔँ महामारीबाट, उठाऔ पूर्वाधार; जुटौ कृषि उत्पादनमा, भन्ने मुल नाराका साथ आ.व.२०७७/०७८ को निति तथा कार्यक्रम पारित गरिएको हो ।गाउँपालिकाले स्वास्थ्य र शिक्षामा लगानीः स्वस्थ जिन्दगानी भन्ने भनाई लाई आत्मसाथ गर्दै शिक्षामा १६ करोड २२ लाख अर्थात कुल बजेटको ३१ प्रतिशत र स्वास्य्ेमा ७ करोड ६३ लाख अर्थात कुल बजेटको १५ प्रतिशत गरी जम्मा २३ करोड ८५ लाख अर्थात कुल बजेटको ४६ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

    यस बर्ष बंगलाचुली गाउँपालिकाले सामाजिक विकास,स्वास्थ्य र शिक्षा,आर्थिक विकास,कृषि उत्पादन र रोजगारी,वन, वातावरण तथा विपद व्यवस्थापन,संस्थागत विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

    प्रस्तुत बजेट मध्ये नेपाल सरकारको अनुदानबाटरु ३० करोड ४५ लाख, संघिय राजश्व बाँडफाँडबा ८ करोड ५८ लाख ५८ हजार ३ सय १०, प्रदेश सरकारको अनुदान बाट ३ करोड ९९ लाख ३२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४० लाख २६ हजार र आन्तरिक राजश्व बाट १ करोड ४० लाख आय अनुमान गरिएको छ ।

    बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको सभा अध्यक्षतामा गाउँसभा सम्पन्न भएको थियो । सभामा उपाध्यक्ष यमुना थापामगरले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नु भएको थियो भने सभाको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले गर्नु भएको थियो ।

    Leave a Reply