ठोरी गा पा वडा नं १ को कार्यालयमा तालाबन्दी : ठोस निर्णय नआएसम्म ताला नखोलिने असन्तुष्ट पक्षको अडान

  • ७ असार २०७७, आईतवार १७:२० मा प्रकाशित
  • चिरञ्जीवी सापकोटा,ठोरी
    ठोरी गाउँपालिका वडा नं १ को कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेकाछ्न्। वडा नं १ मा निर्माण गर्ने भनिएको स्वास्थ्य चौकीको विषयलाई लिएर असन्तुष्ट स्थानीयहरुले वडाकार्यालयमा तालाबन्दी गरेका हुन्।

    स्वास्थ्य चौकी निर्माण गर्नको निम्ति बनाइएको समिति अबैधानिक रहेको ,खोलाको तिरमा स्वास्थ्य चौकी निर्माण गर्न खोजिएको ,गुपचुप तरिकाले स्वास्थ्यचौकी सम्बन्धि काम अघिबढाइएकाले कार्यालयमा तालाबन्दी गरिएको वडाकार्यालयमा असन्तुष्ट स्थानीयहरुले टाँसेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    वडा नं १ मा निर्माण गरिएका वडाकार्यालय , पुस्तकालय ,स्वास्थ्य चौकी ,हाटबजारका टहराहरु खोलामा निर्माण गरेको र भविष्यको वारेमा कुनै चिन्ता जनप्रतिनिधिहरुले नगरेको आरोप स्थानीय असन्तुष्ट पक्षहरूले लगाएका छ्न्।
    खोलाको तिरमा बनेका र बन्न लागेका कुनैपनि पक्की संरचनाहरुको भविष्य नै जोखिममा पर्ने भएकाले जनप्रतिनिधिहरुलाई सचेत पार्ने अभियान अन्तर्गत तालाबन्दी गर्नुपर्ने स्थिति बनेको असन्तुष्ट पक्षका अगुवा सुशील अधिकारीले बताए। हामीले बारम्बार जनप्रतिनिधिहरुलाई स्वास्थ्य चौकी बनाउनको निम्ति उपयुक्त स्थान छनोट गर्नको निम्ति आग्रह ,अनुरोध , सल्लाह ,सुझाव दिंदादिंदै पनि गोप्यरुपमा निर्माण समिती गठन गरि आजै शिलान्यास गर्ने योजाना बनेको थाहापाएपछि एकाएक वडाकार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएको समेत अधिकारीले बताए ।जब सम्म हाल बनाउने भनिएको स्वास्थ्य चौकीको भवनको स्थान परिवर्तन गरिँदैन तवसम्म आफुहरुले लगाएको ताला नखोलिने समेत अधिकारीले जानकारी दिए। कुनैपनी हालतमा अहिले निर्माण गर्न लागिएको स्थानमा निर्माण गर्न अवरोध पुर्याउने बताउँदै ठोस निर्णय नभएसम्म ताला नखोलिने पनि अधिकारीले बताए।

    वडा नं १ का वडाध्यक्ष रामप्रकाश कुँवरले भने उप स्वास्थ्य चौकीको स्तरोन्नति भएर स्वास्थ्यचौकी भएको हुँदा उप स्वास्थ्यचौकी भएकै ठाउँमा नै स्वास्थ्यचौकी बनाउन लागिएको बताएका छ्न्। वडा नं १ का नागरिकको हकमा बिचभागमा पर्ने र सुरक्षाको हिसाबले पनि सुरक्षित हुने हुँदा त्यसै स्थानमा निर्माण गर्न लागेको तर आज एकाएक अर्को वातावरण निर्माण भएकोमा आफुलाई आश्चर्य लागेको वताउँदै भोलि बिहान ७ बजे असन्तुष्ट पक्षसँग बार्ता गरी  समस्याको समाधान खोजिने समेत वडाध्यक्ष कुँवरले जानकारी दिए।
    सामुदायिक रेडियो बिजयबस्ती
     
    
    

    Leave a Reply