
वीरगञ्ज १ असार : पर्साको ठोरी गाउँपालिका ४ मा छोरी बलात्कार गरेको आरोपमा एकजना पिता पक्राउ परेका छन् । विजयवस्ती प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुरज आचार्यका अनुसार ११ बर्षीय छोरीको बलात्कार गरेको आरोपमा ३५ बर्षे पिता पक्राउ परेका हुन । गएराती एघारबजे उनलाई इलाका प्रहरी कार्यालय ठोरीमा राखिएको र अब जिल्ला प्रहरी कार्यालय बीरगंज पठाएको उनले बताए ।
पीडित छोरीको उजुरीको आधारमा पितालाई पक्राउ गरिएको हो । बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि स्थानीयले पितालार्ई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । बालिकाले घटनाबारे प्रारम्भिक बयानमा आरोप सहि भएको पुष्टि गरेकी र घटना बारेमा स्वास्थ्य परिक्षण अभियुक्तको बयान आदिबाट थप पुष्टि हुने प्रहरीले जनाएको छ ।

