कोरोना अपडेट- थप ५५४ जना ब्यक्ति कोरोना पोजिटिभ, नेपालमा संक्रमितको संख्या १२,३०९ पुग्यो

  • १३ असार २०७७, शनिबार १७:०० मा प्रकाशित
  • बसन्त अनुभव

    काठमाडौं, १३ असार, पछिल्लो २४ घण्टा भित्रमा थप ५५४ जना ब्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको RT-PCR परीक्षणका क्रममा थप १२० जना महिला र ४३४ जना पुरूष गरि ५५४ जना ब्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा थप ५५४ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन । याे सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। जसमध्ये १३६९ महिला र १० हजार ९ सय ४० पुरूष रहेका छन ।

    पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ भने देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

    Leave a Reply