संवाददाता

काठ्माण्डौँ | गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले संसारभर रहेका कोभिड १९ प्रभावित र नेपाल फर्किन चाहने नेपाली विद्यार्थीहरूको आंकडा संकलन कार्य सुरु गरेको छ। संघका अध्यक्ष्य कुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तर्रास्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो।
यस कार्यको पहिलो चरणमा नेपाली विद्यार्थीहरू जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको संघका उपाध्यक्ष्य मन केसीले जानकारी दिनुभएको छ। उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मार्फत गरिने योजना रहेको उनको भनाई छ।
यस सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनुपर्ने नभई बस्तुस्थिको जानकारी मात्र भर्नुपर्नेछ। तिन मिनटमा पुरा गर्न सकिने उक्त विश्व व्यापी सर्वेक्षण अत्यधिक प्रभावित विद्यार्थीहरूले भाग लिए पछि अर्को चरणको योजनालाई सघाउ पुग्नेछ।
यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय परिषदहरुबाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एवं बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरु संगको समेत समन्वयका आधारमा चरण वद्ध रुपमा रिपोर्ट नेपाल सरकार एवं अन्य सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कार्यदलका संयोजक संघका उपाध्यक्ष्य मन केसीले जानकारी दिनुभएको छ।
नेपाल बाहिर विद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरीरहेका विद्यार्थीहरूलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरिएको छ। लिंक https://www.nrna.org/ वेबसाइटको मेन्यूमा देब्रेबाट तर्फ ६ औं मा COVID 19 मा क्लिक गर्दा Covid 19 Student Survey देखिन्छ। त्यसमा गएर आफ्नो विवरण भर्न सकिने छ।
अन्यथा तलको लिंकमा क्लिक गर्नुहोला: https://www.surveymonkey.com/r/studentsoutsidenepal

