
उमेश कुशवाहा ,बीरगंज असार ०१
ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश न.२ का अध्यक्ष अकलेश साहको नेतृत्वमा सवारी र लाईसेन्स कर को जरिवाना पुनः रूपमा लकडाउन खुले पछि ३०-४५ दिन भित्र कर बुझाउन जादा कुनै किसिमको जरिवाना नलगाउन मांग र अनुरोध समेत गर्नु भएको छन।
यदि यस्तो नभएको खण्डमा ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ अध्यक्ष साहले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।
नारायणी यातायातका कार्यलय प्रमुख सुशील साह संघको गुनासो सुने पछि प्रदेश २ का मन्त्रालयका सचीव संग कुरा गर्ने भन्नू भएको छ।
कार्यक्रममा ड्राइभिङ्ग स्कुल संघका प्रदेश उपाध्यक्ष गौरव क्षेत्रि ,प्रदेश सल्लाहकार बिमल अधिकारी, प्रदेश सदस्य दिपक श्रेष्ठ , कृष्ण तामाङ , ओबिसीका जिल्ला उपाध्यक्ष रामकुमार पटेल सहभागी रहेको थियो ।

अध्यक्ष साह नेकपा युवा नेता र समाज परिवर्तन नेपालका अध्यक्ष समेत हुन। जून पनि समाजिक कार्यमा २४ घण्टा तत्तपर रहने गर्छन ।

