साउदी अरबमा कोरोनाबाट निको हुनेको संख्या तिब्रगतिमा बढ्दै, संक्रमितको संख्या घट्दै

  • १६ जेष्ठ २०७७, शुक्रबार ०३:५६ मा प्रकाशित
  • समर्पण रम्जान

    29 मे २०२०, साउदी अरब !

    बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) संक्रमितको संख्या साउदी अरबमा दिनानुदिन घट्दै गइरहेको छ । निको हुनेको संख्या बढेको छ भने संक्रमित संख्यामा कमि हुदै आएको छ ।

    यसै क्रममा२४ घन्टाभित्रमा अहिलेसम्मकै बढी ३,५३१ जना संक्रमित निको भएका छन् भने नयाँ संक्रमित १,६४४ जना रहेका छन् ।
    यसरि निकोहुने संख्यामा दिनानुदिन वृद्धि भए सँगै साउदीमा कोरोना संक्रमितबाट निको हुनेको कुल संख्या ५४,५५३ पुगेका छन् । र संक्रमित संख्या ८०,१८५ पुगेको छ

    साउदी स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. मोहम्मद अल अब्दुलालीले अनुसार हाल साउदी अरबका विभिन्न अस्पतालहरुमा २५,१९१ जनाको विशेष उपचार गरिरहेको छ ।

    यसैगरी कोरोना संक्रमितबाट साउदीमा २६ जना बिरामीको निधन भएसँगै मृत्यु हुनेको संख्या कुल ४४१ पुगेको प्रवक्ता डा. अब्दुलालीले बताएका छन् ।

    साउदी अरबको लकडाउनको कडाइ अनि तीब्र गतिमा कोरोना र्‍यापिड टेस्टका कारण संक्रमितको संख्या पहिचान गरि यथाशीघ्र उपचार गरिएकै कारण साउदीमा केही हप्ता देखि संक्रमितको संख्या बढे हाल आएर निको हुनेको संख्या बड्नुको साथै संक्रमित संख्या कम हुँदै गएको हो । साउदी स्वास्थ मन्त्रालयले कोरोना संकेत देखिएमा टोल फ्री नम्बर ९३७ मा फोन गर्न बारम्बार मोबाईल म्यासेज विभिन्न सामाजिक संजाल तथा मिडियाबाट आग्रह तथा सचेत गरिरहेको छ ।

    यसरी संक्रमितको संख्यामा कम र निको हुने संख्यामा वृद्धि भएपछि साउदी सरकारले केही दिन अगाडी तीन चरणमा लक डाउन खुकुलो पार्दै गएको र यदी अर्को सूचना जारी गरिएन भने जुन २१ पछी पुर्ण रूपमा लक डाउन खोल्ने भएको छ ।
    साउदीमा रहेका संक्रमित नेपाली हरुको बारेमा दूतावासका अनुसार हालसम्म १,३६४ जना नेपालीहरु कोरोना संक्रमित भएको र उपचारका क्रममा ७ जनाको मृत्यु भएका आधिकारिक जानकारी आएको छ ।

    Leave a Reply