साउदी अरबको उनैजामा पीडित २ नेपालीलाई समाजसेवी सिद्धि श्रेष्ठले गरे खाध्यन्न समाग्री सहयोग ।

  • १ जेष्ठ २०७७, बिहीबार २०:२२ मा प्रकाशित
  • रम्जान समर्पण

    १४ मइ २०२०, अल कासिम साउदी अरब ! केही बर्ष देखि अल फहाद कम्पनीको होटल डिपार्टमेन्ट मा कार्यरत रहेका २ जना पीडित प्रकाश श्रेष्ठ र अर्का एक जना नेपाली पीडितलाई एनआरएनए आरसिसि अल कासिमको समन्वय एक समाजसेवी सिद्धि श्रेष्ठले खाध्यन्न राहत समाग्री सहयोग गरेका छन्।
    केही महिनादेखि कम्पनी बन्द भएको र नेपाल जान कम्पनिले एक्सिट भिसा दिइसकेको तर लकडाउनका कारण नेपाल जान असमर्थ भएर अहिले खानको समस्याका कारण एनआरएनए उपाध्यक्ष बिशाल श्रेष्ठद्वारा आर सि सि अल कासिममा गरिएको खबर पछि आरसिसि अल कासिमले राहत दिने कुरा गर्दै गर्दा यसै क्षेत्रमा रहनुहुने समाजसेवि एनआरएनए साधरण सदस्य, क्यारिफोर कम्पनीका डिपार्टमेन्ट म्यानेजरका रुपमा काम गर्दै आउनुभएका सिद्धि श्रेष्ठद्वारा दैनिक उपभोग्य खाधन्न्य (चामल,दाल,नुन,तेल,प्याज,चिनि तथा आलु, तरकारी आदि) समान आरसिसि अल कासिमको समन्वयमा सहयोग गरिएको छ ।
    यस पुण्य कार्यमा सहयोग गर्नुहुने सिद्धि श्रेष्ठ लाई आरसिसि अल अल कासिमले अभार प्रकट गरेको छ ।

    Leave a Reply