वीरगंज १५ जेठ । बुधवारबाट मात्र सन्चालनमा आएको ठोरीको ठुटेखोला पुल सन्चालनमा भारतीय पक्षले फेरि अवरोध पुर्याएको छ । पुलको पुर्वपट्टीबाट भारततर्फ जाने सिचाइको एउटा कुलो पुरेर सन्चालनमा आएको पुल भारतको भारतीय सिमा सुरक्षा बल, बिहार प्रहरी र सिमावर्ती स्थानीय भारतीयले कुलो भत्काउन खोजेर पुल सन्चालनमा अवरोध पुर्याउन खोजेका थिए ।
आज सांझतिर भारतीय सुरक्षाकर्मी सहित उपस्थित भएका भारतीय पक्षले बुधवार पुरिएको कुलो भत्काउन खोजेपछि नेपालतर्फको स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले भत्काउन नदिएपछि भारतीय पक्ष फर्किएको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो । माथिको आदेश भन्दै कुलो भत्काउन आएका भारतीय पक्ष र ठोरीका स्थानीयबीच केहिबेर भनाभन समेत भएको उहाँले बताउनुभयो ।
ठोरीका स्थानीयले भारतीय पक्ष हतियार सहित नेपाल प्रवेश गरेको बताएपनि सशस्त्र प्रहरी निरीक्षक दाहालले दसगजा भित्र नै भारतीय सुरक्षाकर्मी बसेको र नेपाल प्रवेश गरेकाहरु हतियार बिना नै प्रवेश गरेको दाबी गर्नुभयो ।

ठोरी–२ का वडाध्यक्ष किशोर तामाङ, नेपाल प्रहरीका निरीक्षक अशोक साह लगायत ठूलो संख्यामा भेला भएका नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्षले माथीको आदेश भन्दै कुलो सन्चालन गर्न पाउनुपर्ने भन्दै केहिबेर झगडा गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

नेपाली पक्ष कुलो भत्काउन नदिने अडानमा बसेपछि भारतीय पक्ष अवेरमात्र फर्किएको हो ।
ठोरी वडा २ र ३ जोड्ने पुल भारतीयकै विवादको कारण निर्माण सम्पन्न भएको ३ बर्ष भन्दा बढी समय हुँदा पनि सन्चालनमा आएको थिएन ।

नेपालका स्थानीय सरोकारवालाहरुको बैठकले पुल संचालन गर्ने निर्णय गरेसंगै बुधवारदेखी पुल सन्चालनमा आएको थियो । mirmireonline मा दीपक चौरसियाले लेखेका छन।

