
उमेश कुशवाहा, बीरगंज
जेठ १४
शान्तिका लागि साझा अभियान “कोक्याप” ले प्रेस विज्ञप्ती निकालेको छ ।
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८, सोतीमा अन्तरजातीय सम्वन्धको कारण घटेको घटना लाई घोर निन्दा समेत गरिएको छ।
शान्तिका लागि साझा अभियान “कोक्याप” ले निकालेको प्रेस विज्ञप्ती जस्ताको त्यस्तै यस प्रकारको रहेको छ।
चौरजहारी घटना निन्दनीय
यहि मिति २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८, सोतीमा अन्तरजातीय सम्वन्धलाई लिएर नवराज विक लगायत तीन जनाको मृत्यु तथा अन्य तीन जना वेपत्ता रहेको घटना प्रति शान्तिका लागि साझा अभियान (कोक्याप) को गम्भीर ध्यानाकर्षण भएको छ ।
छुवाछूत र जातीय विभेदको नाममा भएको र हुने सवै प्रकारका घटनाहरुको कोक्याप निन्दा गर्दछ ।
नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन २०६८ को मर्म विपरीत यस्ता घटना पटक पटक दोहिरिनुले मुलूकमा व्याप्त दण्डहीनताले अझै प्रश्रय पाइरहेको दृष्टिगोचर हुन्छ । त्यसमा पनि सबै खालका जातीय विभेद उन्मूलन सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धिमा पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको तीसौं बर्ष भन्दा बढी समय बितिसक्दा पनि जातीय पहिचान र विभेदको आधारमा कुनैपनि नेपालीले अनाहकमा ज्यान गुमाइरहनुपरेको घटना समस्त मानव अधिकार क्षेत्र र देशकै लागि एक दुर्भाग्य हो ।
यस घटनाको निष्पक्ष र यथार्थ छानविन गरी दोषीलाई अधिकतम कानूनी कारवाहीका साथै पिडीत परिवारलाई न्यायोचित् क्षतिपूर्ति तथा सुरक्षाको पूर्ण प्रत्याभूतिको निम्ति कोक्याप नेपाल सरकार लगायत सम्बन्धित सबै सरोकारवालासित जोडदार माग गर्दछ । साथै, यस घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
पुष्पराज पौडेल
महासचिव रोशना खड्का अध्यक्ष

