योग तथा प्राणायाम स्वस्थ र सुखी जीवनको रहस्य: समिर पाख्रीन

  • २७ बैशाख २०७७, शनिबार २१:२३ मा प्रकाशित
  • काठमाण्डौ

    बिहान सबेरै उठ्नु , खुल्ला हावामा ठहल्नु , योग तथा प्राणायाम गर्नु नै स्वस्थ र सुखी जीवनको रहस्य हो भन्छन्।

    बिहान वायुमण्डल सफा र प्रदुषण मुक्त हुन्छ । बिहान टहल्दा र व्यायाम आदि गर्दा हाम्रो शरीरले चाहिएको जति पर्याप्त अक्सिजन ग्रहण गर्ने गर्दछ ।

    यसले दिनभरिको भागदौड, शारीरिक, मानसिक परिश्रममा हामीलाई पर्याप्त ऊर्जा प्रदान गर्दछ।

    शरीरको सम्पूर्ण विधि विधान यसैमाथि बिर्भर रहने हुँदा अक्सिजनको अल्पताका कारण शरीरको कार्य संरचना नै बिग्रन गई मानिस विभिन्न रोगको शिकार बनेको हामीले अस्पतालमा ताँती लागेका रोगी देखेर नै अनुमान लगाउन सक्छौ ।

    ऊर्जा अर्थात अक्सिजनको अभावमा खाएको भोजन शरीरले राम्रोसित ग्रहण गर्न सक्दैन । फलस्वरुप, पोषणतत्वको अभाव भइ शारीरिक विकासमा अवरोध पैदा हुन्छ ।

    दृष्टि शक्ति, वैचारिक शक्ति , वाक शक्ति , भौतिक शक्ति ,रोग प्रतिरोधात्मक शक्ति, यौन शक्ति आदिमा विस्तारै ह्रास आई अन्ततः मानिसको शरीर विभिन्न रोगको क्रीडास्थलमा परिणत हुन्छ ।

    हिजोसम्म म ठीक छु , स्वस्थ छु भनेर गलत जीवनशैलीमा विश्वास राख्दै आउनेहरू कमाएको सम्पत्ति उपचारको नाममा फुक्नु पर्दा जति दुःखी छन् उतिनै रोगी भएर सुख शान्तिबाट समेत बञ्चित हुँदै जानु परदको पीडा भुक्तभोगीले मात्र बयान गर्न सक्छन् ।

    यसैले अनुशासित बनौ । स्वस्थ दिनचर्या पालन गरौ । प्राकृतिक नियम विरूद्धको खेलमा मानिसले झेल्नु परेको संकटलाई नजर अन्दाज नगरौ ।

    आफूले ६ दशक लामो जीवनकालमा भोगेको कष्टकर अनुभूतिको आधारमा पाठक समक्ष आएको हुँ । अल्पज्ञान र विज्ञताको अभावको कारण त्रुटि र अपव्याख्या हुन गएको भए क्षमाप्रार्थी छु ।

    Leave a Reply