पत्रकार यादवलाई ,दुरब्यहार गर्ने प्रहरीलाई कारवाही गर्न बिरोधमा महासंघद्वारा प्रजिअलाई ज्ञापन पत्र

  • ३० बैशाख २०७७, मंगलवार १७:५९ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज, बैशाख ३०

    आइतबार मोटरसाईकल पार्किङको बिषयलाई लिएर बिरगंजको पत्रकार तिवारी यादवलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्बब्यावहार गरिएको बिरोधमा नेपाल पत्रकार महासंघ पर्साले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

    महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीलाई ज्ञापन पत्र बुझाउदै ।

    महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।

    ज्ञापन पत्र बुझाउदै अध्यक्ष बन्जाराले पत्रकार यादव माथि दुरव्यवहार गर्ने प्रहरीलाई कारवाही नगरे सम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो ।

    दुरव्यहार गर्ने प्रहरी उपर तिन दिन भित्र कारवाही नगरे देशव्यापि आन्दोलन गर्ने अध्यक्ष बन्जाराले चेतावनी समेत दिनुभयो ।

    आज मंगलबार तिनदिन बितिसक्दा समेत प्रहरीले पत्रकार यादवको मोबाईल फिर्ता गरेको छैन।

    मोबाइल फिर्ता नगरेको कारण पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बनजाराले आक्रोश समेत पोखेका थिए।

    ज्ञापन पत्र बुझाउनु अघि महासंघले घण्टाघरमा समाजिक दुरी कायम राख्दै धर्ना दिएका थियो ।

    कार्यक्रममा पर्सेली संचारकर्मीहरुको सहभागिता थियो ।

    पर्सा प्रहरीको ज्यादतिबारे संसदमा मा. सांसद पुष्पा कर्णले छानबिन गरी दोषी माथि कार्यवाही गर्न मांग समेत गर्नु भएको हुन।

    Leave a Reply