बीरगंजमा आज थप ३९ कोरोना संक्रमण पुष्टि सँगै नेपाल भरी आजै ५७ जना पुष्टि

  • ३० बैशाख २०७७, मंगलवार १४:५४ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज
    बैशाख,३०

    पर्साको बिरगंजमा नया थप ३९ कोरोना संक्रमित सँगै नेपालमा थप ५७ जना न्या कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।थपिएका संक्रमित सबै पुरुष रहेको छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

    उपचारत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ।

    Leave a Reply