कोरोनाको कहर: बीरगंजमा १७ जना कोरोना संक्रमित पुस्टि, नेपालमा संक्रमित संख्या ९९

  • २४ बैशाख २०७७, बुधबार १७:२९ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    बीरगंजमा नया कोरोना संक्रमित १७ जना पुस्टि भएको छ।

    कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए ।

    संक्रमित हुनेमा २ महीने शुशु सहित ६६ बर्षका बृद्ध रहेका छन।
    तर २ महीने शिशु बालक हो कि बालिका भने एकिन गरिएको छैन।

    १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

    १७ जना संक्रमित बुधबार पुस्टि एनीकी आज भएका हुन।

    उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन भर्ना गरिएको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    Leave a Reply