कोरोना लागेर अन्तिम अवस्थामा छ रे सुन्छु !

  • १६ जेष्ठ २०७७, शुक्रबार ०३:५७ मा प्रकाशित
  • कल्पना अचार्य ( दिक्तेल खोटाङ)

    हात बाधेर बसौ
    आँखा बन्द गरेर बसौ
    या त
    दुनियाँको सामु डाको छोड्दै
    रुदै हिडौ
    अह !
    केही गर्न सक्दिन म
    जसरी भुकम्प गएर बेला बेलामा
    कम्पहरु गइरहन्छ
    त्यसै गरि मेरा शरीरका अंग अंगबाट
    कम्पहरु गइरहेछन
    उता
    भको एउटा छोरो परदेशमा
    कोरोना लागेर अन्तिम अवस्थामा छ रे सुन्छु
    यता!यता !
    बिहान बेलुका छाक टार्नै धौ धौ हुने
    खेतबारीको बालिनालिमा रोग ,किरा लागेर
    सब सखाप छ
    सब सखाप छ
    अब परदेशमा भएको सन्तानलाई सम्झ्यौ
    या घरमा भोक लागो आमा भन्दै
    कराइरहेका सन्तानलाई सम्झ्यौ
    अब भन्दिनुस महासय
    यो कस्तो सङ्कटको अवस्था हो
    म जिउदो भएर पनि
    मरेतुल्य छु !
    मरेतुल्य छु !

    Leave a Reply