कोरोना अपडेट – आज थप कोरोना संक्रमितको संख्या १७०, नेपालभर संक्रमितको संख्या १२१२ पुग्यो

  • १६ जेष्ठ २०७७, शुक्रबार १९:०९ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, १६ जेठ / नेपालमा आज थप १७० जना कोरोना संक्रमित थपिएका छन । थपिएका संक्रमितमा १६५ जना पुरुष र ५ जना महिला रहेका छन । आज थपिएका कोरोना संक्रमितसँगै संक्रमण हुनेको संख्या १२१२ पुगेको ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । जसमध्ये ११०३ जना पुरुष र १०९ जना महिला रहेका छन ।

    प्रवक्ता देवकोटाका अनुसार थप संक्रमित हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा ८४ जना पोजिटिभ पाइएको छ । कपिलवस्तु जिल्ला यशोधराका ७ देखि ५२ वर्षीय पुरुष रहेका छन ।
    रौतहट जिल्ला फरदहवाका २ जना बालिका र ५४ जना २२ देखि ७० वर्षीय पुरुष सहित ५६ जना रहेका छन ।
    सर्लाही कौदिना मंगलवाका १९ देखि ३० वर्षीय ३ पुरुष र १ महिला रहेका छन ।

    रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन। कपिलवस्तु गौतम बुद्ध मावीको क्वारेन्टाइनमा रहेका १७ देखि ४४ वर्षीय १५ जना पुरुष संक्रमित रहेका छन । कपिलवस्तुकै सैनामैनाका २७ वर्षीय पुरुष संक्रमित देखिएका छन ।

    दाङ घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा गढवा गापाका २८ र ४१ वर्षीय २ जना पुरुष संक्रमित पाइएका छन । त्यस्तै कपिलवस्तु विजयनगरका १७ देखि ५२ वर्षीय पुरुष संक्रमित भेटिएका छन ।

    कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २७ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा झापा कचनाकवलका १८ देखी ४१ वर्षीय २४ जना पुरुष र झापाकै तयारिभिट्टाका २४ देखी ५४ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन ।

    धरानको विपि मेमोरियल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा सप्तरी राजविराजका २० देखी २६ वर्षीय ४ जना पुरुष र झापा भद्रपुरका एक ३४ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन ।

    नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ९ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा बारा पचौटा नगरपालिका २७ देखी ४५ वर्षीय ४ जना पुरुष, पर्सा पोखरियाका २४ देखी ५४ वर्षीय ४ जना पुरुष र पर्सा जिरा भवानीका एक ३४ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन ।

    पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सर्लाही स्थायी ठेगाना भै पाटन अस्पतालमा रहेका ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।

    गण्डकी अस्पतालको प्रयोगशालामा परिक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।

    भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना कोरोना पोजिटिभ देखिएका छन । जसमा सबै बाँके डुडुवाका १७ देखी ४१ वर्षीय पुरुष रहेका छन ।

    भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा कपिलवस्तु २३ देखी २६ वर्षीय ४ जना पुरुष र नवलपरासी बर्दघाट सुस्ता पुर्व देवचुलीका १९ र २१ वर्षीय २ जना पुरुष रहेका छन ।

    नेपालका ७ प्रदेशका विभिन्न ५२ जिल्लाहरु कोरोना प्रभावित हुन पुगेका छन । जसमा प्रदेश नं १ का ८ जिल्ला, प्रदेश नं २ का ८ जिल्ला, बागमती प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका ५ जिल्ला, प्रदेश नं. ५ का ९ जिल्ला, कर्णाली प्रदेशका ३ जिल्ला र सुदुरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन ।

    नेपाल अधिराज्यभर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्या ९९ हजार ३ सय ३६ रहेको छ । त्यस्तै आइसोलेसनमा रहेका संक्रमितको संख्या १ हजार रहेको छ । हाल आइसोलेसनमा रहनेमा प्रदेश नं १ मा १२७ जना, प्रदेश नं २ मा ३८७ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ३८३ जना, कर्णाली प्रदेशमा ४७ जना, र सुदुरपश्चिम प्रदेशका १६ जना रहेका छन ।

    नेपालमा उपचाररत कोरोना संक्रमितहरु मध्ये आज १९ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेहरूमा टेकु अस्पतालमा उपचाररत २ जना, कोरोना विषेश अस्पताल बेल्झुण्डी दाङमा उपचाररत ८ जना, पाटन अस्पतालमा उपचाररत ७ जना र बलम्बु युनिफाइट कोरोना विषेश अस्पतालमा उपचाररत २ जना रहेका छन ।

    आज डिस्चार्ज भएकाहरु सँगै घर फर्कनेको संख्या २०६ पुगेको छ। जसमा १६२ पुरुष र ४४ महिला रहेका छन ।हालसम्म डिस्चार्ज हुनेमा प्रदेश नं १ मा ३० जना, प्रदेश नं २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ४७ जना र सुदुरपश्चिम प्रदेशका ५ जना रहेका छन ।

    त्यस्तै कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अर्घाखाँची भुमिकास्थान नपाका ३५ वर्षीय पुरुषको जेठ १० भारतबाट नेपाल आउनेक्रममा मृत्यु भएको थियो । निजको जेठ ११ गते नमुना स्याम्पल लिइएको थियो । योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    हाल सम्म आरटी पिसिआर प्रविधिबाट ६४ हजार १ सय ५४ वटा नमुना स्याम्पलको परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र ३ हजार २ सय ३८ वटा नमुना परिक्षण गरिएको छ । त्यस्तै हालसम्म आरडिटी प्रविधिबाट १ लाख ५ हजार ४ सय ७८ वटा नमुना परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र ३ हजार ४ सय ४४ वटा नमुना परिक्षण गरिएको छ ।

    अनलाइन एप मार्फत कोरोना सम्बन्धि आफ्नो विवरण भर्ने ब्यक्तिहरुको संख्या हालसम्म ५० हजार ८ सय ४६ पुगेको छ । विगत २४ घण्टामा बिवरण भर्नेको संख्या ५१४ रहेको छ । जसमध्ये ५ जना रेडजोन परेका छन ।

    Leave a Reply