मेघराज सापकोटा

यूएई । गैर आवासीय नेपाली संघ, स्वास्थ्य समितिले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा छलफल गरेको छ । भर्चुअल बैठकमा गरिएको उक्त छलफल कार्यक्रममा सांसद गंगालाल तुलाधर सहित कतारका राजदूत नारद भारद्वज र ओमानका राजदूत शर्मिला पराजुलीको उपस्थित रहेको थियो ।
कार्यक्रममा एनआरएनए अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग नेपाली फर्काउने बिषयमा एनआरएनएले धेरै पटक छलफल गरेको र छिट्टै नै अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने कार्य शुरु हुने जानकारी दिनु भयो । उहाँले मध्यपूर्बको एनआरएन टीमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
प्रबक्ता डिबी क्षेत्रीले नेपालीहरुलाई मनोबैज्ञानीक रुपमा काउन्सिलिङ गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले समितिले हप्ताको दुई तीन पटक फ़ेसबुक लाईब मार्फत नेपालीहरुको मनोबल उच्च बनाउन परामर्श दिनुपर्ने बताउनु भयो ।
छलफल कार्यक्रममा संघका सचिब राजेन्द्र कुमार शर्माले उपस्थित सबैलाई स्वागत गर्दै मध्यपूर्बका नेपालीहरुको जोखिमलाई सरकारले छिट्टै सम्बोधन गर्नु पर्ने बताउनु भएको थियो । मध्यपूर्ब संयोजक प्रबीण गुरुङले नेपालीहरुको खाडीमा कार्यरत नेपालीहरुको अवस्थाबारे जानकारी गराउनु भएको थियो । यसैगरी सहसंयोजक मनोज गोर्खालीले मध्यपूर्बमा धेरै नेपालीहरुको शब अलपत्र परेको जानकारी गराउनु भयो । उहाँले स्वास्थ्य समितिले कोरोना पस्चात पनि निरन्तर रुपमा आफ्नो भूमिका निर्बाह गर्न अनुरोध गर्नु भएको छ ।
स्वास्थ्य समितिका संयोजक डाक्टर सन्जीब सापकोटाको संयोजकत्वमा मध्यपूर्बका एनआरएनए नेत्रित्वहरुको उपस्थिती रहेको थियो । यूएई एनसीसीका प्रकाश कोईराला, कतार अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अध्यक्ष तेज बहादुर थापा, ओमान अध्यक्ष सेवन पुर्जा, बहराइन अध्यक्ष लक्ष्मी गिरी, कुवेत अध्यक्ष सुजन केसी र सहसंयोजक राजेन्द्र (जोन) अर्यालले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी साउदी अरबमा रहेकी आईसिसी सदस्य जस्मिन बेगम शैयदले नेपाली महिलाहरुको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मध्यपूर्बमा कार्यरत स्वास्थ्य कर्मीहरूले नेपालीहरुको अवस्थाको बारेमा अनुभबहरु साट्नु भएको थियो । मध्यपूर्ब स्वास्थ्य समितिका डा. नितेश आर्यालले अनलाइन काउन्सिलिङ गर्न बिभिन्न योजनाहरु प्रस्तुत गर्नु भएको थियो । यूएईमा कार्यरत डाक्टर रबिन्द्र यादब, नर्स गंगा खनाल, डाक्टर रोशन पोखरेल, डाक्टर पुरुष श्रेष्ठ, डाक्टर राजेश पौडेल, डाक्टर अनिरुद्द पाठकले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो ।
समितिले बिभिन्न देशमा रहेका दुताबासमा हेल्थ काउन्सिलिङ हट लाइनको ब्यवस्था गरी निशुल्क परामर्श दिनुपर्नेमा जोड दिएको छ ।