प्रहरीमाथि जाइलाग्ने चार चिनियाँविरुद्ध मुद्दा चलाउने तयारीपछि यस्तो आयो चीनको जवाफ

  • २७ बैशाख २०७७, शनिबार १८:४५ मा प्रकाशित
  • काठमाडौं । आफ्ना नागरिकहरुले गरेको हर्कतमाथि चिनियाँ अधिकारीले प्रतिकृया दिएका छन् । चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जानकारी दिएको छ ।

    प्रहरीमाथि जाइलाग्ने चार जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राति पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति जानकार रहेको बताएको हो । चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको भनिएको छ । उसले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको भनेको छ । नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ । चीनले ३ सय ४० जनालाई लगिसकेको छ ।

    सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन भनेको छ । महामारीको यो कठिन घडीमा यस्ता घटनालाई संयुक्त रूपमा सम्हाल्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
    जनबोली

    Leave a Reply