उमेश कुशवहा बीरगंज
नयाँ पत्रिका दैनिकका पर्सा सम्वाददाता तिवारी यादवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
यादव वीरगंजकै सामुदायिक रेडियो नारायणी एफ.एम.मा पनि कार्यरत छन् । रेडियोमा डिउटीमै रहेका बेला रेडियो गेटबाट प्रहरीले यादवलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो ।
दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिनु भयो ।
पत्रकार यादव पक्राउ परेको खबर फैलिएसँगै सामाजिक सञ्जालमा पर्सा प्रहरी विरुद्ध विभिन्न खाले प्रतिकृया आउन थालेको छ ।
पर्सा प्रहरीको ज्यादती बढेको प्रहरीले आफूलाई मात्रै फ्रन्टलाईन ठान्छ भने सामजिक सञ्जालमा धेरै जनाले लेखेको हेर्न सकिन्छ ।
एफएम स्टेशन प्रवेश गर्ने छेउकै सडकपेटीमा त्यहाँ कार्यरत पत्रकारहरुले आफ्नो सवारी साधन पार्किङ गर्नु पर्ने बाध्यता छ । यादवले पनि सडक पेटीमै मोटरसाईकल पार्किङ गरेका थिए ।
सडक पेटीमा मोटरसाईकल पार्किङ गरेको निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरीले भ्यानमा हालेर लगेको हो ।
यादवले आफू पत्रकार रहेको परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले जबर्जस्ति भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालय पुर्यायो ।
जिल्ला प्रहरी कार्यालयमा पुर्याए पनि प्रहरीले यादवलाई बाहिर ननिकालि एक घण्टाभन्दा बढी समय भ्यानमा नै थुनेर राख्यो ।
पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले सञ्चारकर्मीलाई प्रहरीले अनायासै दुख दिन थालेको भन्दै यसको शसक्त प्रतिकार गर्ने बताउनुभयो
नेपाल पत्रकार महासंघ का प्रदेश अध्यक्ष दिपेन्द्र चौहान र पर्सा जिल्ला अध्यक्ष श्याम बन्जारा सहित संचारकर्मीहरु जिल्ला प्रहरी कार्यालय पुगेका छन्।
पत्रकारलाई यस अघि शनिबार साँझमात्रै तीन जना प्रहरीले छाडेको थियो ।
सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको विषयलाई लिएर धार्मीक सहिष्णुता विगार्न खोजेको भन्दै पर्सा प्रहरीले नेपाल टेलिभिजनका पर्सा सम्बाददाता नेहाल खान, सगरमाथा टेलिभिजनका सम्वाददाताद्वय मोहम्मद सद्दाम र आविदे हुसेनलाई नियन्त्रणमा लिएको थियो ।
पछिल्लो एकसातामा प्रहरीले नियन्त्रणमा लिएको पत्रकारको संख्या ४ पुगेको हो ।
तिवारी यादवलाई ५ घण्टा पछि रिहा भएका हुन।
जिल्ला प्रहरीको सम्पुर्ण समाचार बहिष्कार गर्ने र भोली बिहान ८ बजे घण्टाघरमा धर्ना बस्ने : नेपाल पत्रकार महासंघ पर्सा निर्णय गरेको हो ।



