
नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १०२ जना पुगेको छ । भेरी प्रादेशिक अस्पतालमा गरिएको स्वावको आरटिपिसिआर परिक्षणमा नेपालगन्जका एक जना १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिए पछि संक्रमित १०२ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अन्तर्गत शुक्रवारको ब्रिफिङमा उक्त कुराको जानकारी दिनुभएको हो ।
हालसम्म १५,४९२ जना मानिसमा गरिएको कोरोना भाइरस सम्बन्धि पिसिआर परिक्षण मध्ये १०२ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहनु भएको छ ।
साथै हालसम्म ३० जना कोरोना संक्रमित निको भइ घर गैसकेको र बाकी विरामीको विभिन्न स्थानमा उपचार भैरहेको प्रवक्ता देवकोटाले बताउनु भयो ।

