चिरञ्जीवी सापकोटा,ठोरी
कोभिड – १९ कोरोना भाइरसको समस्याको कारणले लकडाउनको चपेटामा परि दैनिक रोजीरोटी गुमाएका अति बिपन्न घर परिवारलाई आज ठोरी गाउँ पालिका वडा नं २ को कार्यालयमा राहत बितरण गरिएको प्रदेश सरकारको सहयोगमा बिहीबार आइपुगेको खाद्यान्न सामग्री स्वरुप चामल २५ किलो , दाल २ किलो, तेल १ लिटर ,नुन १ किलो ,सोयाबिन आधा किलो र यौटा साबुन बितरण गरिएको वडा नं २ का वडाध्यक्ष किशोर तामाङले जानकारी दिए।
यस अघि १५० घरधुरीलाई राहत बितरण गरिएको वडा नं २ मा आज ९० जनालाई राहत वितर गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए।
आफू तथा आफ्नो समितिका सदस्य हरुको टोलिले नागरिकहरुको घरघरमा पुगी खाद्यान्न अभाव भएका घरपरिवार पहिचान गरि राहत वितरण गरिएको समेत वडाध्यक्ष तामाङले जनकारी दिए।
यस अघि राहत पाइसकेका हरुलाई भने यसपटक नदिइएको र अन्य बिपन्न्न घरपरिवारको पहिचान गरी राहत सामग्री वितरण गरिको पनि वडाध्यक्ष तामाङले जानकारी दिए
५९ दिन देखिको लकडाउनको समस्या बेहोरी रहेका नागरिकहरु खाद्यान्न सामग्री पाएर हर्षित मुद्रामा देखिन्थे । बिहानबेलुका हातमुख जोर्न धौ धौ भइ रहेको समयमा राहत पाएकाले ठोरी २ बाडागाउँ निवासी चमारी बोटले खुशी व्यक्त गरे।
आजको राहत वितरण कार्यक्रममा समितिका सदस्यहरु , राजनीतिक दलका प्रतिनिधिहरु सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो भने सरस्वती मा वि गौतम नगरका NCC तालिम प्राप्त विद्यार्थीहरुले राहत सामग्री लिन आएकाहरुलाई सामाजिक दुरीको नियमानुसार लाइनको चाँजोपाँजो मिलाउनुका साथै राहत वितरणमा समेत भरपुर सहयोग पुर्याएका समेत वडाध्यक्ष तामाङले जानकारी दिए।



