बीरगंज
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साले वीरगञ्ज महानगरपालिकाको कोरोना रोकथाम तथा उपचार कोषमा ५१ हजार रकम सहयोग गरेको छ ।
संघका अध्यक्ष राजेश पण्डितले महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई चेक हस्तान्तरण गर्नुभएको छ ।
पर्सा जिल्लामा रहेका विभिन्न सहकारी संस्थाहरुको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको संघका कार्यवाहक प्रबन्धक रामअनुप यादबले जानकारी दिनुभयो ।
संघका सचिब पन्नालाल महतो, नेपस्कुन फिल्ड कार्याल्य वीरगञ्जका प्रमुख बृजेश गुप्ता लगायतको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
यसभन्दा अघि प्रदेश न. २ ले सञ्चालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा संघले रु ११ हजार नगद सहयोग गरेको थियो ।
साथै आगामी दिनमा पनि अन्य संस्थामा सहयोग गरिने संघका अध्यक्ष पण्डितले बताउनुभयो ।


