गरीब र दलितले भन्छन कोरोना भन्दा पहिला भोकमारीले मार्छ, तीन तहका सरकारफेल,समाजिक अभियन्ता थारूको पहलमा भोर संस्था द्वारा राहत बितरण

  • १३ जेष्ठ २०७७, मंगलवार १४:४५ मा प्रकाशित
  • अति बिपन,गरीब सुकुमबासी र दलितले भन्छन कोरोना भन्दा पहिला भोकमरीले मार्छ ।

    उमेश कुशवहा,बीरगंज
    जेठ १३ गते

    पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर १ को पकड़ि टोलामा बसोबास गर्दै आइरहेको सकुमबासी, बिपन्न गरीब मुसहर (माँझी) घर परिवार तथा धांगड़ (उराँव) ३५ घर परिवारहरु लाई राहत बितरण गरिएको छ।

    लकडाउन ६३ दिन बीती सकदा पनि तीन तहका सरकार मध्ये कुनै पनि सरकार को उपस्थित देखिएन र ऊनि हरूको अवस्था अहिले त्राहिमाम त्राहिमाम बनेको छ । त्यसलाई मध्यनजर गर्दै आज राहत बितरण गरिएको छ।

    यिनी बिपन्न, ग़रीब ,सकुमबासी घर परिवार हरु लाई भोर संस्था को आर्थिक सहयोगमा सामाजिक अभियन्ता प्रकाश थारू को संयोजन मा स्थानीय युवाहरु रामशरण खवास, अजगैबीनाथ ग़ौरो र प्रभु चौधरी को सहयोगमा राहत सामग्री बितरण गरिएको छ ।

    बितरण गरिएको सामानहरु प्रति परिवार
    चामल २० किलो, दाल २ किलो , खानेतेल १ लीटर , हरियो तरकारी ५ किलो , स्वाबीन १ किलो ,आलु २ किलो ,प्याज २ किलो ,नुन १ पकेट, साबुन २ वटा , लौका १ वटा रहेको छ।

    ई सबै जानाले ज्याला मजदूरी मात्रै गरेर आफ्नो घर परिवार को छाक को व्यवस्था गर्छन, तर अहिलेको महामारी को बख़्त निषेधाज्ञा तथा लकडाउन समयमा चाहेर पनि ज्याला मजदुरी गर्न सकिरहेको छैन, र आज सम्म कसैले राहतको नाममा एक चम्च नून समेत वितरण गरेको छैन, समाजिक अभियन्ता प्रकाश थारूले बताउनु भयो।

    त्यसैले गर्दा अब यिनी हरु कोरोना असर अघिपछि हुन्छ तर भोक मरिको चपेटा मा पक्कै पर्छ त्यसकारण ऊनि हरुलाई राहतको व्यवस्था गरेर बितरण गरेको भोरको संस्थापक अध्यक्ष राह कुमार ले बताउनु भएको छन।

    रहत लीई गनतब्य तर्फ जादै अति बिपन परिवार

    उक्त गाऊँपालिकको वार्ड नम्बर १को चमरी टोल , बेलटारी तथा वार्ड नं ५ को हरैया,सखुवनीय र शंकर सरैया को विपन्न बर्ग हरुलाई अझसम्म पनि राहत नपाएर त्राहिमाम छ । प्रकाश थारू भन्नू भयो।

    कोभिड़ १९ ले अघिपछि असर गर्छ तर अहिले भोकमरिले
    पक्कै प्रभावित हुन्छ यिनी बिपन्न गरीब बर्ग का व्यक्तिहरुलाई साहयोगको आवश्यकता भएकोले सहयोग गर्न थारुले अनुरोध समेत गरेका हुुुन।

    One thought on “गरीब र दलितले भन्छन कोरोना भन्दा पहिला भोकमारीले मार्छ, तीन तहका सरकारफेल,समाजिक अभियन्ता थारूको पहलमा भोर संस्था द्वारा राहत बितरण

    Leave a Reply