
वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमितहरु आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालका अनुसार आज डिस्चार्ज हुने ४३ जनामा ४१ जना पुरुष र २ जना महिला रहेका छन् ।
उनीहरुमा २ जना पत्रकार पनि रहेका छन् । लगातार गरिएको दुईपटक सम्मको पिसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । उनीहरुमध्ये ४२ जना पर्साकै स्थानीय रहेका छन् ।
एकैपटक ४३ जना डिस्चार्ज भएपछि उनीहरुलाई अस्पताल बाहिर लाइन लागेर सबैले स्वागत गरेका थिए ।
आज पछिल्लोपटक डिस्चार्ज भएका ४३ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या १५४ पुगेको छ । संसारन्युजले छापेको छ ।

