खुकुरी प्रहारबाट गौरीगाउँमा २ जना घाइते

  • ९ जेष्ठ २०७७, शुक्रबार २३:४७ मा प्रकाशित
  • फाइल तस्विर

    तुलसीपुर, ९ जेठ
    गौरीगाउँमा खुकुरी प्रहारबाट २ जना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर उपमहागनरपालिका–१० गौरीगाउँ निबासी ४२ बर्षका पुर्णबहादुर पुन र कैलालीको जानकाी गाउँपालिका–९ अमरावती घर भई गौरीगाउँमा बस्दै आएका २२ बर्षका महेश चन्द घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    घाईते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । राति साढे ९ बजे तुलसीपुर – ११ बेलटाकुरा निबासी ललित मल्ल ठकुरी सहित १५/२० जनाको संख्यामा आएका समूहको खुकुरी तथा ढुङ्गामुढा प्रहारबाट घाईते भएको पिडितले जानकारी दिएका छन् ।

    घाईते दुबैजनाको टोउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको प्रहरीेले जानकारी दिएको छ ।
    तुल्सिपुर खबर

    Leave a Reply