
बाँके, ४ जेठ
बाँके जिल्लाको नरैनापुर क्वरेन्टाइनमा बसेका एक २५ वर्षीय युवाको मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिका स्थित दीपेन्द्र माध्यमिक विद्यालय, भोजभगवानपुरको क्वरेन्टाइनमा बसेका ति युवाको आइतबार बिहान साढे ६ बजे तिर मृत्यु भएको हो । मृत्युको कारण भने खुल्न नसकेको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार मृतक युवा केही दिनअघि (बैशाख ३० गते ) छिमेकी मुलुक भारतबाट नेपाल आई उक्त क्वारेन्टाइनमा बसेका थिए । उनलाई शनिबार रातिदेखि बिसन्चो भएको र बिहानपख ज्यान गएको
बताइएको छ ।
साथै कोरोना परिक्षणका लागि निजको स्वाव नमुना संकलन गरि भेरी अस्पताल पठाईएको जानकारी प्राप्त भएको छ । निजको मृत्यु कोरोनाको कारणले भएको हो वा अन्य कारणले रिपोर्ट आएपछि मात्र थाहा हुनेछ ।

