सानो पाईलाको चमत्कार,बिरगंजमा उपचारत संक्रमित बिरामीलाई पोसिलो युक्त खाना

  • ५ जेष्ठ २०७७, सोमबार १३:११ मा प्रकाशित
  • सानो पाइलाले आज देखी उपचारत बिरामीलाई शुरू गरेको पोसिलो नास्ता

    उमेश कुशवाहा, बीरगंज

    बीरगंज उपचाररत कोरोना संक्रमित बिरामीलाई सानो पाईलाले आज देखि खाना र खाजा खुवाउन शुरु गरेको छ ।

    नारायणी अस्पताल र सिद्धार्थ स्कुलमा कोभिड-१९ उपचारत बिरामी भएकाहरुलाई आईसुलेशनमा दिने नास्ता र खाना पहिले र अहिलेमा दिने खाना र नास्तामा निकै भिन्नता र पोसिलो खाना भएको छ।

    आज बिहान दिएको नास्ता पोसिलो युक्त समेत रहेको छ।

    सानोपाईले आज बिहानको खाजामा दुईवटा रोटी ,आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ , अगुंर र एक गिलास दुध खुवाएको छ ।

    खाना र नास्ता गुणस्तरहिन भएको भन्दै विभिन्न सन्चारमाध्यमहरुबाट यसको बिरोध भएपछि निजि स्तरसङ्ग समन्वय गरि गैर सरकारी संस्था सानो पाईलाले आज देखी नास्ता र खाना दिने सुरु गरेको छ ।

    अब सरसफाइ र स्वास्थ्यकर्मीहरुले समय समयमा अस्पतालमा पुगि सरसफाइ गने र स्वास्थ्यकर्मीहरु समय समयमा पुगि स्वास्थ्य उपचारमा ध्यान दिनु आवस्यक देखिन्छ ।

    बिरामीहरु चार टाईम खाना पाउने सानो पाईलाले जनाएको छ । बिरामीहरुलाई बिहान ७:३० बजे नास्ता, दिउँसो १२ बजे खाना, मध्यान्न ४ बजे खाजा र राति ८ बजे खानाको व्यवस्था गरिएको छ ।

    नारायणी अस्पतालमा ७१ र सिद्धार्थ माविमा २६ जना संक्रमित उपचाररत रहेका छन् ।

    बीरगंजमा संक्रमित बिरामिलाइ पहिला दिएको नास्ता

    पोसिलो खाजा पाए पछि आइसोलेशनमा रहेका बिरामीहरु खुशी भएको नारायणी अस्पतालमा उपचार गराई रहनुभएका नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिनुभयो।

    यसबारे आवाज उठाउने विभिन्न सन्चारकर्मीहरु र सानो पाईलालाई उपचाररत कोरोना संक्रमित बिरामीले धेरै धेरै धन्यवाद समेत दिएका हुन।

    Leave a Reply